बनेपा । सडक माथिबाट सुख्खा पहिरो झरेका कारण अवरुद्व भएको अरनिको राजमार्ग एकतर्फी सुचारु भएको छ । आइतबार बिहानैदेखी बिभाग र स्थानिय सरकारको समन्वयमा उपकरण प्रयोग गरेर पहिरो हटाएपछि अवरुद्ध बिहान सडक १० बजेबाट एकतर्फी खुलेको हो ।
सुख्खा पहिरोका कारण शनिवार राति ९ बजेदेखि अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-८, स्थित ५० किलोमा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो ।
सुख्खा पहिरो आज बिहान जेसिभिले पन्छाएर एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार पहोरो केही ठूलो भएकोले हटाउन समय लाग्ने भएकोले दुईतर्फी यातायात सन्चालनमा समस्या भएको बताउनुभयो ।


S.K. Creative Media Group