प्यूठान । माण्डवी गाउँपालिका- ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले एक जना शिशुको पालनपोषणका लागि सहयोग गर्नुभएको छ । वडा अध्यक्ष कार्कीले आफुले पाउने सेवा सुबिधाको रकमबाट ६ महिनासम्म वच्चाको पालनपोषणको लागि महिनाको ४ वटा लैक्टोजन उपलब्ध गराउनेहुनु भएको हो ।

 

मान्डवी गाउँपालिका- ३ आपचौर निवासी बुद्दिराम पुनमगरको श्रीमती केशरी घर्तिमगरको रोजगारको सिलसिलामा भारत रहेको र सुत्केरी हुदा छोरा जन्मेको १ घन्टा पछि मृत्यु भएको थियो ।
उक्त परिवार अतिनै निम्न आयश्रोत गरिव परिवार भएकोले सहयोग गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।

वडा अध्यक्ष कार्कीले आफ्नो सेवा सुबिधा बापतको रकम सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय