प्यूठान । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सातौं वार्षिकोत्सबको अवसरमा प्यूठानमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार सिटिजन लाइफ इन्स्योरेन्स जिल्ला शाखा प्यूठानको आयोजनामा नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखा बिजुवारमा गरिएको रक्तदान कार्यक्रममा ११ जना रक्तदाताले रक्तदान गर्नुभएको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स जिल्ला शाखा, बिजुवारका प्रमुख दिपेश कार्की, एजेन्सी म्यानेजर गंगा गिरी, बिमा अभिकर्ता लगायत गरि ११ जनाले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्य जीवन खनालले जानकारी दिनुभयो । रक्तदानले रगत अभावलाई परिपुर्ति गरेको बताउनुभयो । अस्पतालमा उपचाररत बिरामिहरुलाई आवश्यक पर्ने रगत परिपुर्ति होस भन्ने उदेश्य सहित सामाजिक सेवाभावका साथ वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको सिटिजन लाइफ इन्स्योरेन्स प्यूठान शाखा प्रमुख दिपेश कार्कीले बताउनुभयो ।




S.K. Creative Media Group