काठमाडौं । ललितपुरको सातदोबाटोमा यात्रुवाहक बसमा आगलागी भएको छ। शनिबार अपराह्न ४ बजेर ४५ मिनेटको समयमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक चाेकनजिक रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार रोकिराखेको बसमा एक्कासि विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो।
बसमा आगलागी हुनसाथ ललितपुतर महानगरपालिकाको दुइवटा दमकल झिकाएर आगाे नियन्त्रणमा लिइएकाे पाैडेलले बताउनुभयो । उहाँका अनुसार अहिले बसमा आगो पुर्णतया नियन्त्रणमा आइसकेको जानकारी दिनुभयो ।
बस सातदोबाटो बाट ग्वार्कोतर्फ जाँदै गरेकाे थियाे। बसमा आगलागी हुँदा मानवीय क्षति भएकाे छैन तर बस भने पूर्णरुपमा जलेर क्षति भएको छ। आगलागी बारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।



S.K. Creative Media Group