काठमाडौँ । हालसम्म देशभर २२ हजार बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मंगलबारसम्म २२ हजार बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको र अन्य ११ जना सङ्क्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हुम्ला जिल्ला बाहेक अन्य सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले तथ्याङ्क सार्वजनिक गरेको छ।
ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। ईडिसिडीको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले कास्की जिल्लामा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो। त्यसपछि काठमाडौँ र कास्की जिल्लामा सङ्क्रमण बढी देखिएको उहाँले जानकारी दिनुभयो।
त्यस्तै काठमाडौंमा तीन हजार ५ सय ९४, कास्कीमा तीन हजार हजार १ सय ८८, तनहुँमा दुई हजार १ सय ९५, पर्वतमा एक हजार ५ सय ८८, चितवनमा एक हजार २९, ललितपुरमा ९ सय ६८, बागलुङमा ८ सय २१, गोरखामा ७ सय ७२, भक्तपुरमा ६ सय २४, कैलालीमा ४ सय ८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।
प्रदेश अन्तर्गत गण्डकी, बागमती र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा नौ हजार ५ सय ३१, बागमती प्रदेशमा सात हजार ७ सय ६८, कोशी प्रदेशमा एक हजार ६ सय ४६ जनामा डेंगु पुष्टि भएको छ। यसैगरी, लुम्बिनी प्रदेशमा एक जहार ३ सय ४८, सुदूरपश्चिम प्रदेशमा एक हजार ६५, कर्णाली प्रदेशमा तीनसय र मधेश प्रदेशमा ४ सय २४ जनामा डेंगु पुष्टि भएको ईडिसिडीको किटजन्य शाखाका प्रमुख दाहालले जानकारी दिनुभयो।



S.K. Creative Media Group