
कपिलवस्तु । कपिलवस्तुमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आज विहान बुद्धभूमि नगरपालिका वडा नम्वर २ गोरुसिङ्गेमा भएको दुर्घटनामा ७० वर्षीया सरस्वती पासीको ज्यान गएको प्रहरीले जनाएको छ ।
बा प्र –०१–०२९च९१५० को स्कारपियोले लु १ ह ३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताउनुभयो ।
सामाजिक सुरक्षा भत्ता लिन गएका व्यक्ति चढेको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।