प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वर थापाले गाउँ समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरणको लागि आम नगरिक सचेत भएर अभियान चलाउनुपर्ने बताउनुभएको छ ।

 

सोमबार झिमरुक गाउँपालिकाको आयोजनामा ६ नम्बर वडा कार्यालयमा भएको अभिमुखीकरण कार्यक्रममा डिएसपी थापाले समाजमा हुने सबै खाले हिंसा अन्त्यको लागि प्रहरी एक्लैले मात्र नियन्त्रण गर्न सम्भव नहुने भन्दै सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।

 

बालविबाह अन्त्यको लागि समुदाय स्तरबाटै अभियान शुरु गर्नुपर्ने बताउनुभयो । बालबालिकाको आनिबानी र जीवन शैलीमा परिवर्तन गराउदै मोबाइलबाट उनीहरुलाई जोगाउनुपर्ने डिएसपी थापाले बताउनुभयो । गाउँ समाजमा मोबाइलको कारण धेरै हिंसाका घटना बढ्दै गएकोले गाउँ गाउँमा सचेतनाका अभियान लैजानुपर्ने उहाँको जिकिर गर्नुभयो । “सोच शैली ब्यवहारमा परिवर्तन गरौ समाज रुपान्तरण हुन्छ ।” डिएसपी ईश्वर थापाको भनाइ छ ।

डिएसपी थापाका अनुसार अपराधको कारखाना भनेको बालबिबाह र मदिरा सेवन हो । उहाँले भन्नुभयो, “अपराधको कारखानानै बन्द गर्न प्रहरी एक्लैले नसक्ने भएकोले सबैको सहकार्य भएमा कमि ल्याउन सकिने बताउनुभयो । सानो उमेरमा बिहे गर्ने बालबालिकाको बढी सम्बन्ध बिच्छेदको घटना हुने गरेकोले बालविवाह रोक्न स्थानीय तहले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । अरुको छिट्टै बिश्वास गर्ने बानीले पनि अपराधीले फसाउन सक्ने भएकोले यसतर्फ सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

घरपरिवार सबल सक्षम बनाउन आफुभित्रै खुशी खोज्न सिक्नुपर्ने सहभागीलाई सामाजिक डिभिजन कार्यालय प्युठानका प्रमुख पुन्य न्यौपाने आग्रह गर्नुभयो ।

 

मदिरा सेवनको कारण परिवारमा कलहले आत्महत्याका घटना दिनानुदिन बढेको भन्दै उहाँले स्थानीय सरकारले चनाखो हुनुपर्ने बताउनुभयो । जनताले संकल्प गरे सबैखाले हिंसामा कमि ल्याउन सहयोग पुग्ने सामाजिक डिभिजन कार्यालय प्युठानका प्रमुख न्यौपानेको तर्क थियो ।

प्युठानको झिमरुक गाउँपालिकाले लैङ्गिक हिंसाका घटनामा कमि ल्याउन भन्दै यो कार्यक्रमको आयोजना गरेको बताएको छ । अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, महिला स्वयंसेविका आमासमुहका सदस्य राजनीतिक दलका प्रतिनिधि सरोकारवाला सम्मीलित रहेको थियो ।

 

झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वर थापाले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण डिएसपी ईश्वर थापा र सामाजिक डिभिजन कार्यालय प्युठानका प्रमुख पुन्य न्यौपानेले गर्नुभएको हो । वडा सदस्य खिम कुमारी श्रेष्ठको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिब ऋषिराम भुसालले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय