काठमाडौं । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले नगरपालिका प्रमुखमा डा.मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका कमिटीले एमालेका तर्फबाट नगर प्रमुख उम्मेदवारमा मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य डा. मानन्धरलाई प्रमुखको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरिएको छ । सर्वसम्मत सिफारिस भएकाले एमालेबाट मानन्धर उम्मेदवार बन्ने पक्का भएको छ ।

नगर कमिटीबाट सिफारिस भइआएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

यस अघिको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा प्रमुखमा निर्वाचित हुनुभएका राजनकुमार नकर्मीको निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसबाट निर्वाचित नकर्मीको मिर्गौलाको रोगका कारण मृत्यु भएको थियो । उपनिर्वाचन आगामी मङ्सिर १६ गते हुने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय