काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा काठमाडौंको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको छ । तराइबासी नेपालीले महत्त्वका साथ मनाउने छठ पर्वको बिहीबार अपराह्न राष्ट्रपति पौडेलले गौरीघाट र कमलपोखरीमा तयार गरिएको पुजा स्थलमा पुगेर छठी माताको पूजा अर्चना गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको थियो । उहाँ सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुग्नुभएको थियो । पुजास्थल्मा उहाँले सूर्यसहित छठी माताको पूजा आराधना एवम् अर्घ्यदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ। यसैगरी उहाँले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गर्नुभयो ।

गुहृेश्वरी र कमलपोखरीको पूजास्थलमा छठ पूजा आयोजक समितिकाले राष्ट्रपति पौडेललाई भब्य स्वागत गर्नुभएको थियो । छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । छठ पर्व मनाउन यसअघिदेखि नै राष्ट्रप्रमुख पनि जाने प्रचलन थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय