अनिल खत्री, गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले नागरिकमा तिब्र विकासको चाहना भएको बताउनुभएको छ । नेकपा एमाले रेसुङ्गा नगर कमिटी गुल्मीको दोस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रममा बिष्टले नागरिकको तिब्र विकास खोजिरहे पनि राज्यको सिमित श्रोत साधनको सिमितता रहेको बताउनुभएको हो।
उहाँले २० वर्ष पहिले र अहिले तुलना गर्दा कैयौं विकास हुँदै आएको बताउनुभयो। बिष्टले देश विकास गर्न समय लाग्ने भएकाले आशावादी हुन नागरिकलाई आग्रह गर्नुभयो । नेकपा एमाले सधैं विकासको पक्षमा रहेको उल्लेख गर्नुभयो । माओवादी पार्टी एक्का र हुकुम हातमा लिएर सधैं अस्थिरता निम्त्याउने काम भएकाले नयाँ समिकरण बनेर सरकार गठन भएको बताउनुभयो।
स्थिर जनपक्षीय साशनले मात्रै विकास गर्न सम्भव रहेकाले दुई ठूला दल मिलेर नयाँ सरकार गठन भएको बिष्टले बताउनुभयो। नयाँ पार्टीले पुराना पार्टीले केही गरेनन भनेर जनतामा भ्रम फैलाएर अवमूल्यन गरेको बताउनुभयो। पुराना पार्टी प्रति भ्रम फैलाएर राजा फर्काउने नारा लगाउने चेष्टा हुने गरेको उहाँले बताउनुभयो । तर त्यो कदापि सम्भव नरहेको बिष्टको तर्क छ ।
नागरिकमा नकारात्मक सोचको विकास पैदा भएकाले नकारात्मकता र निरासाले अघि बढन नसकिने उहाँले बताउनुभयो। गुल्मी क्षेत्र नम्बर २ का सांसद समेत रहेका बिष्टले बढ्दो बसाइँसराइको बिषयमा सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । पहाड बाट तराई र दुर्गमबाट सुगम खोजेर बसाइँसराइ दर बढ्दै गएकाले यस बारेमा सोच्नुपर्ने बेला आएको बताउनुभयो। गाउँ गाउँमा विकास निर्माणकार्य हुने क्रम बढ्दै गएपनि बसाइँसराइ दर बढ्नु चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभयो।



S.K. Creative Media Group