चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तरगत सत्रकिलोमा बस र ईलेक्ट्रीक हायस ठोक्किदा भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२९, सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
हायसमा सवार गोर्खा आरुघाट गाँउपालिका-१ मान्बुका ४० वर्षीय राजबहादुर गुरुङ र हाईसमा सवार नामथर वतन नखुलेकी एक महिला सहित दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालले बताउनुभयो । मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको र चिकित्सकले अस्पताल लगेलगतै घाइतेलाई मृत घोषणा गरेका थिए ।
यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौ महानगरपालिका-३२ का ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ ।
अन्य गम्भीर अवस्थामा रहेका घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्य दुई जना डिस्चार्ज भइसकेका छन् ।
दुर्घटनाग्रस्त बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना बरे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
आज शुक्रबार बिहान करिब ३ बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज ०२९८ नं.को ई.भि. हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नं. को बस एक आपसमा ठोक्किँएर दुर्घटनामा परेका थिए ।



S.K. Creative Media Group