दैलेख । दैलेखबाट सुर्खेतको लागि यात्रु बोकेर छुटेको फोर्स गाडी दैलेखको सिमास्थित रातानाङ्ग्ला नजिक दुर्घटना परेको छ। शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ जादै गरेको फोर्स गाडी वीरेन्द्रनगर–१४, स्थित रातानाङ्ग्ला नजिक दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । गाडी सडकभन्दा झण्डै दुई सय मिटर भिरमा खसेकाले यकिन विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १३ जना घाइतेको उद्धार गरी गुराँस गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्तालत सुर्खेत पठाइएको छ । अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । गाडीमा ३० देखि ३५ जना यात्रु रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय