बागलुङ । बागलुङको जैमिनी नगरपालिका-७, जैदीको व्यार्थला नजिक पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

जैमिनी-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले बताउनुभयो । मृतकको पहिचान खुलेको छैन। गाडीमा सवार एक जनाको जिवितै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

दुर्घटनाग्रस्थ गाडी सडकबाट सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय