कैलाली । राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको निर्मम कुटपिटबाट निधन भएको छ । कैलालीको गौरीगंगा नगरपालिका ११ कान्तिपुर टोल बस्ने भुललाई २०८१ कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ गते बिहान मृत्यु भएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पत्रकार भुलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । घटनामा संलग्न दोषीहरूलाई यथाशिघ्र कानुनी कारबाहीको दायरामा ल्याउन महासंघ सरकारसँग माग गरेको छ ।

घटनाको अनुसन्धानका लागि महासंघले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ । मिसन टोलीले आजैदेखि कार्य थालनी गरेको छ । टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्ने महासचिव रोसन पुरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय