धनगढी । दार्चुलामा यात्रु बोकेको जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ भने, ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेकाे जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी बाेकेकाे जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटनामा परेकाे हाे ।
मालिकार्जुनबाट गोकुलेतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका-६ बकजेबलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले जानकारी दिनुभयो।
उहाँका अनुसार मृतककाे सनाखत हुन बाँकी छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् भने बाँकी यात्रु पनि सवार रहेकाे हुनसक्ने भएकाले खाेजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा परेको जिप सडकबाट करीब एक सय मिटर सडकबाट तल खसेको छ । दुर्घटनाको कारण भने अहिले खुलेकाे छैन । दुर्घटनाबारे थप अनुसन्धान थालिने प्रहरीले बताएको छ ।



S.K. Creative Media Group