अर्घाखाँची । अर्घाखाँची जिल्ला कारागार भित्र रहेका कैदि बन्दीहरुका लागी निशुल्क आँखा जाच तथा पावर चस्मा बितरण गरिएको छ ।

सन्धिखर्क नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजना, नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राबिधिक सहयोग साथै रोटरी क्लब अफ महाराजगन्ज काठमाडौ ,अर्घाखाँची दियो बिकास केन्द्रको आर्थिक सहयोगमा आँखा जाच गरिएको हो ।

रास्ट्रिय योजना आयोगका सदस्य डा. चन्द बहादुर टन्डनको उपस्थितमा कारागार प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिबनाराण कोइराला, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सन्धिखर्क नगर पालिकाका उपप्रमुख मिश्रा आचार्य, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल, नेपाल नेत्र ज्योति संघका अध्यक्ष दल बहादुर केसी, आँखा अस्पतालका प्रमुख सागर घिमिरे कारागार प्रमुख पोमकला भन्डारी नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतका सन्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

हाल जिल्ला कारागार अर्घाखाँचीमा ८५ जना पुरुष तथा ६ जना महिला बन्दीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय