रुकुम पुर्व । स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा–२ मा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध हुनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेको हो ।
‘रुकुम (पूर्वी भाग) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दाखिला गर्नुभएको माओवादी केन्द्रका जगत घर्तीमात्र उम्मेदवार कायम भएकाले स्थानीय निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’, मुख्य निर्वाचन अधिकृतले जारी गरेको सूचनामा भनिएको छ ।
कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि वडा अध्यक्षमा घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्विरोध घोषणा गरेको जनाएको छ ।
वडाको विकास, समृद्धि र सामाजिक रुपान्तरणको काम सबै मिलेरमात्र सम्भव रहेको भन्दै जीवन रोकाले जगत घर्तीपुरानो तथा सबैका अभिभावक भएको भन्दै राजीखुसीबाट समर्थन फिर्ता लिएको विज्ञप्ति मार्फत् जानकारी गराउनुभएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालिले २ सय ३४ मत ल्याएर विजयी हुनुभएको थियो, भने काँग्रेसका कर्णबहादुर बुढाले १ सय ७९ मत प्राप्त गर्नुभएको थियो ।





S.K. Creative Media Group