प्यूठान । नेकपा (एमाले) सरुमारानी गाउँपालिकाको अध्यक्षमा पुनः बसन्त जिसी निर्वाचित हुनुभएको छ । आज सप्पन्न दोस्रो पालिका अधिबेशनबाट जिसीको नेतृत्वमा नयाँ कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्ष उम बहादुर खाम्चा मगर, सचिव टिकाराम पल्ली, उपसचिवहरू बसन्ता खड्का, भीमबहादुर मर्स्याङगि सहित ६१ जनाको कमिटी बनेको छ । अधिबेशनको उद्घाटन एमाले पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले गर्नुभएको थियो ।

अधिवेशनलाई लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री तुल्सीराम शर्मा, एमाले नेता हरि प्रसाद रिजाल, जिल्ला कमिटी अध्यक्ष विजय विराज विष्ट, केन्द्रिय सल्लाहकार परिषद् सदस्य टेकुलाल गिरी, एमाले नेतृ शान्ता आचार्य, पालिका इन्चार्ज झग बहादुर विश्वकर्मा लगायतले अधिबेशनको सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै अधिवेशनमा एमाले जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी, वडा कमिटी, पार्टी प्रतिनिधि शुभचिन्तक समेतको उपस्थिति रहेको थियो । प्यूठानका नौ वटै पालिकाहरुमा अहिले नेकपा एमालेको अधिवेशन चलिहरेको छ । अधिबेशन मंसिर १५ गतेसम्म चल्नेछ । जिल्लामा ६४ वटा वडा र नौ स्थानीय तह रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय