प्यूठान । नेकपा (एमाले) प्यूठानका जनवर्गिय संगठनहरुको संयुक्त बैठक आज पार्टी कार्यालय विजुवारमा सम्पन्न भएको छ । जिल्लामा कृयाशिल १८ वटा जनसंगठनका पदाधिकारीहरु, संगठन ईन्चार्ज र पार्टी पदाधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता जनसंगठन समन्वय संयन्त्रका ईन्चार्ज तथा जिल्ला पार्टी अध्यक्ष विजयविराज विष्टले गर्नुभएको थियो भने प्रमुख अतिथि एमाले पोलिटव्यूरो सदस्य, प्यूठान जिल्ला ईन्चार्ज तथा प्रतिनिधि सभा सदस्य सूर्य थापा रहनुभएको थियो ।
विधान बमोजिम अवधि पुगेका जनसंगठनहरुको अधिवेशन गर्ने, जनसंगठनहरुलाई आ–आफ्नो मुद्धामा केन्द्रीत गराउने, जनसंगठन विस्तारलाई तिव्रता दिने, पार्टीको पालिका अधिवेशन तथा वडा अधिवेशनलाई सहयोग गर्नु लगातको निर्णय भएको पार्टी प्रचार विभाग प्रमुख ईश्वरा आचार्यले जानकारी दिनुभयो । बैठकमा पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु, भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजाल, प्रदेश कमिटी सदस्यहरुको आतिथ्यता रहेको थियो ।




S.K. Creative Media Group