नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्वर ४, बर्दघाटका ३५ वर्षीय विरबहादुर कुमालको हत्या गरेको आरोपमा पत्नी २२ वर्षीया गङ्गा क्षेत्री कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण पतिलाई कुमालले मंसिर १० गते राति घरमै झुण्ड्याएर हत्या गरेको भन्दै पीडित पक्षले मंसिर १० गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानिँयाले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम मंसिर १० गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरी परिवारले सोही दिन बुझेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय