प्यूठान । जिल्लामा अहिले न्यानो माया अभियान सञ्चालन भएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई न्यानो कपडा वितरण गर्न थालेको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानले थालेको यस अभियान अन्र्तगत शिद्धभुमी प्राथमिक विद्यालयमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्यूठान नगरपालिका वडा नम्वर ५ स्थित उक्त प्राविका ५३ जना विद्यार्थीलाई ट्रयाक सेट, टिसर्ट, टोपी, कापी, पेन्सिल वितरण गरिएको जीवन खनालले जानकारी दिनुभयो ।
स्वेच्छिक रुपमा विभिन्न सहयोगी दाताबाट ६६ हजार ७५२ रुपियाँ संकलन भएको र उक्त रकमबाट सामाग्री वितरण गरिएको खनालले बताउनुभयो । आगामी दिनमा पनि अरु विद्यालयमा सहयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।



S.K. Creative Media Group