प्यूठान । नेकपा (एमाले) माण्डवी गाउँपालिका कमिटीको अध्यक्षमा हेमराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न दोस्रो अधिवेशनबाट हेमराज अधिकारीको नेतृत्वमा ४५ सदस्यीय कमिटी चयन भएको हो ।
कमिटीको उपाध्यक्ष सरिता थापा, सचिव धनेन्द्र काकी, उप–सचिव शरद बस्नेत र केशरा खत्री रहनुभएको छ । पालिका अधिवेशनको पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले उद्घाटन गर्नुभएको हो ।




S.K. Creative Media Group