मित्र थापा

गौमुखी । जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । गौमुखी गाउँपालिकाको १ र ३ वडा जोड्ने गरी ३६५ मिटर लामो देउराली-लामडाडा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

करीब १८० मिटर उचाइमा निर्माण हुने पुलको बिहीबार प्रतिनिधि सभा सदस्य सूर्य थापाले शिलान्यास गर्नुभएको छ । सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुर अन्तर्गत पुल निर्माण हुन लागेको हो ।

पुल निर्माण गर्न अधिकारी/अपर तामाकोसी जेभीले ठेक्का पाएको छ । दुई करोड ७२ लाख ७४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले जनाएको छ । ०८१ जेठमा सम्झौता भएको निर्माणको काम ०८२ मंसिर सम्म सम्पन्न गर्ने म्याद रहेको कार्यालयले जनाएको छ । पुल निर्माण हुने भएपछि गौमुखी क्षेत्रमा पर्यटन प्रवर्द्धन समेत हुने स्थानीयको अपेक्षा छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय