मित्र थापा

गौमुखी । नेकपा (एमाले) गौमुखी गाउँपालिकाको अध्यक्षमा पुनः जुमानसिंह जिसी निर्वाचित हुनुभएको छ । आज सप्पन्न दोस्रो पालिका अधिबेशनबाट जिसीको नेतृत्वमा ४५ सदस्यीय नयाँ कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्ष विक्रम मल्ल, सचिव पदम बहादर के.सी., उपसचिवहरू उपेन्द्र खड्का , मसिना के.सी. बुढा रहनुभएको छ ।

अधिवेशनमा प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज सूर्य थापा, विशिष्ट अतिथि नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्य हरी रिजाल, नेकपा (एमाले) प्युठानका पुर्व अध्यक्ष तुल्सिराम शर्मा, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष विजय विराज बिष्ट, जिल्ला कमिटी उपाध्यक्ष माधव शर्मा र युवा संघ जिल्ला अध्यक्ष विषेक थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्युनिस्ट पार्टीमा योगदान पुर्याउने पूर्व अग्रज ३३ जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय