प्यूठान । नेकपा (एमाले) मल्लरानी गाउँकमिटीको अध्यक्षमा नोमराज पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सप्पन्न गाउँपालिकाको दोस्रो अधिबेशनबाट पौडेलको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको हो ।

कमिटीको उपाध्यक्ष राम बहादुर थापा, सचिब प्रभात श्रेष्ठ, उप सचिब गंगाराम पौडेल र चेमा भण्डारी रहनुभएको छ । ३५ सदस्यीय कमिटी चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

गाउँ कमिटीका अध्यक्ष सुनिल शाही (लेकाली) को अध्यक्षतामामा भएको कार्यक्रममा प्रमुख अतिथी पोलिट्ब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा, विशेष अतिथी पुर्व केन्द्रिय सदस्य, सल्लाहकार परिषद सदस्य हरि प्रसाद रिजाल, जिल्ला अध्यक्ष बिजय बिराज बिष्ट, पुर्व अध्यक्ष तुल्सिराम शर्मा रहनुभएको थियो ।

कार्यक्रममा तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय