प्यूठान । जिल्लाको मच्छी स्थित बालशिक्षा माध्यामिक विद्यालयको ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापालेले उद्घाटन गर्नुभएको हो । झिमरुक गाउँपालिका-५ मच्छिमा रहेको विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सब कार्यक्रमको उद्घाटन गर्दै झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापालेले गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । निकै पुरानो तथा शैक्षिक धरोहरको रुपमा स्थापित यस विद्यालयले स्थापना देखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्याउदै आएको बताउनुभयो ।
“यो युग प्रतिस्पर्धाको युग हो, विश्वमै प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन जोड दिनुपर्छ ।” उहाँले भन्नुभयो ”बिद्यालयमा हुने समस्याहरुलाई सामुहिक समाधानमा केन्द्रित हुँदै अगाडि बढनुपर्ने बताउनुभयो ।”त्यसको लागि सरकार, ब्यवस्थापन समिति, अभिभावक, विद्यार्थी सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको प्रशासकीय अधिकृत थापाले स्थानीय स्तरमा मात्र नभएर राष्ट्रिय तथा अन्तरास्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीको खस्किदै गएको नतिजामा सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न पहल थाल्नुपर्ने बताउनुभयो ।
भौतिक पुर्वाधार बिकास, जनशक्तिको क्षमता बिकासका पर्यास स्थानीय सरकारले गर्दै आएपनि शैक्षिक उपलब्धि अपेक्षा गरे अनुसारको नतिजा आउन नसकेको भन्दै सबैले आ-आफ्नो कमजोरी सुधार गर्ने र गतवर्षको नतिजा र शैक्षिक क्यालेन्डरको आधारमा थप सुधार र पर्यास गर्दै जानुपर्ने उहाँले बताउनुभयो।
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ र स्थानीय पाठ्यक्रमको सफल कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी र अभिभावक सबै सक्रिय रुपमा लाग्नुपर्ने शिक्षा शाखा प्रमुख मोहन बुढाक्षेत्रीले बताउनुभयो । पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिमा लाग्न विद्यालयका शिक्षकहरुलाई शिक्षा प्रमुख बुढाक्षेत्रीले आग्रह गर्नुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टीका जिसीले शैक्षिक क्षेत्रको बिकासमा सबै सरकारले लगानिको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षाको कुरा गर्दै गर्दा हामीले विश्वमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा सरकारले शिक्षा क्षेत्रमा लगानी गर्न डराउन नहुने उहाँले बताउनुभयो । शिक्षा क्षेत्रको चौतर्फी बिकासमा कतिपय ऐन कानुन बाजिएको, अस्पष्ठता भएकोले समस्या देखिएकोले सरकारले सबै क्षेत्रलाई समेटने गरि ऐन कानुन कार्यविधि बनाउन ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा झिमरुक गाउँपालिका वडा नम्बर ५ र ७ का वडा अध्यक्ष दधिराम पोख्रेल र कृष्ण बहादुर जिसी, शिक्षा प्रेमी बुद्धिजीवी, विद्यार्थी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो l
बालशिक्षा माबिका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टिका बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख मोहन बुढाक्षेत्री विषेश आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बिद्यालय ब्यबस्थापन समितिका सदस्य श्रीकृष्ण रिजाल र संचालन शिक्षक बालाराम पोख्रेलले गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि शिक्षक शिक्षिका अभिभावक विद्यार्थी, विभिन्न विद्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा विद्यार्थीले आफ्नो गित नृत्य समेत प्रस्तुत गरेर रमाइलो प्रदान गरेका थिए । कार्यक्रममा उत्कृष्ट सिकाइ उपलब्धि हासिल गराउने शिक्षक, शिक्षिका तथा विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।








S.K. Creative Media Group