अनिल खत्री
गुल्मी । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गुल्मीमा कफीको माला लगाइदिएर स्वागत गरिएको छ।

जिल्लाको मुसिकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटनको अवसरमा ओलीलाई नगरप्रमुख जीवन खरेलले गुल्मीको कफीको दानाको माला लगाइदिएर स्वागत गर्नुभएको हो ।

गुल्मी जिल्ला कफीको जननीको जिल्ला हो । विसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेतीको सुरुआत भएको पाइएको हो ।

आँपचौर मुसिकोट नगरपालिकामा पर्दछ । नगरपालिमा रहेको कफीलाई प्रचारप्रसार गर्ने उदेश्यले नगरप्रमुख खरेलले पूर्व प्रधानमन्त्री ओलीलाई कफीको माला लगाइदिएको नगरप्रमुख खरेल बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय