महेश थापा
बाहाने । नेकपा (एमाले) नौबहिनी गाउँकमिटीको अध्यक्षमा सेर बहादुर सेन सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रवार राती सप्पन्न गाउँपालिकाको दोस्रो अधिबेशनबाट सेनको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको हो ।
कमिटीको उपाध्यक्ष भिम बहादुर घर्ति, सचिब दलराज पुन, उप सचिब जनक बुढा र अन्जु घिमिरे रहनुभएको छ । ५१ सदस्यीय कमिटी चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।
गाउँ कमिटीका अध्यक्ष बिष्णु बहादुर केसी को अध्यक्षतामामा भएको कार्यक्रममा प्रमुख अतिथी पोलिट्ब्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा, विशेष अतिथी पुर्व केन्द्रिय सदस्य, सल्लाहकार परिषद सदस्य हरि प्रसाद रिजाल रहनुभएको थियो ।




S.K. Creative Media Group