प्यूठान । नेकपा (एमाले) प्यूठानको सात वटा पालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ । मंसिर ८ गतेदेखि १५ गतेसम्म जिल्लाका सात वटा पालिकाको अधिवेशन सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजय विराज विष्टले बताउनुभयो ।

प्रेस चौतारी प्यूठानले आईतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष विष्टले ५१ वटा वडाको अधिवेशन समेत सम्पन्न भएको जानकारी दिनुभयो । “पार्टीको आन्तरिक जीवनलाई स्वस्थ्य बनाउँदै पार्टीका गतिविधिलाई गाउँबस्तीसम्म लैजाने योजना सहित हामी अघि बढेका छौं” अध्यक्ष विष्टले भन्नुभयो ।

ऐरावती गाउँपालिका र १३ वटा बाँकी वडाको अधिवेशन मंसिर भित्र सक्ने योजना रहेको उहाँले बताउनुभयो । प्यूठान नगरपालिकाको अधिवेशन यसअघि नै सम्पन्न भएको र ऐरावती गाउँपालिकाको अधिवेशनको मिति छिटै तय हुने उहाँले बताउनुभयो । अध्यक्ष विष्टले प्यूठानको विकासको सन्र्दभमा पार्टीले, जनप्रतिनिधिले खेलेको भूमिकालाई पक्षधरताको रुपमा लिने गरिएको भन्दै त्यसलाई निरुपण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय