प्यूठान । प्रतिनिधिसभा सदस्य सूर्य थापाले बाग्दुला–भिमगिठे सडकको नयाँ ठेक्का नलागे त्यसको विकल्पमा जानुपर्ने बताउनुभएको छ । १२ वर्षदेखि अन्यौलमा रहेको आयोजनाको काम अघि बढाउनका लागि भारतबाट कुनै पनि प्रतिक्रिया नआएको भन्दै उक्त क्षेत्रमा बैकल्पिक योजनाहरुको विषयमा सोच्नुपर्ने बताउनुभएको हो ।
प्रेस चौतारी प्यूठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले एक्जिम बैंकको सहुलियत ऋणमा बनाउने गरि एक पटक ठेक्का लागेको आयोजना निर्माण कम्पनी कालोसूचिमा परेकाले रद्ध भएको उल्लेख गर्नुभयो । “दुई देशीय सहमतिमा यसका हरेक स्टेपहरु अगाडी बढ्नुपर्छ,” उहाँले भन्नुभयो,“नयाँ ठेक्का लगाउन सवै प्रक्रिया पुरा भएको छ तर १० महिनासम्म भारतको तर्फबाट कुनै हा÷ना आएको छैन ।”

उक्त सडकले प्यूठानीलाई १२ वर्ष पछाडी पारेको थापाको भनाई छ । “यो सडकको काम अघि नबढेको भए पालिका पहुँचमार्ग अन्र्तगत बाग्दुला–मच्छी र मच्छी–ठूलावेशी सडक कालोपत्रे भइसक्थे, उहाँले भन्नुभयो,“कि बाटो बनाउनुपर्यो र कि बाटो छाड्नुप¥यो भनेर अर्थमन्त्री सहितको छलफलमा भनेको छु ।” सडक निर्माण गर्दा ७५ प्रतिशत सामाग्री भारतको प्रयोग गर्नुपर्ने शर्तका कारणले पनि ढिला भएको उहाँले बताउनुभयो ।
पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य थापाले जिल्लामा पूर्ण विद्युतिकरणका लागि काम अघि बढिरहेको बताउनुभयो । उहाँले जिल्लाका सडक, पुल, पूर्वाधार, खानेपानी आयोजनाहरुलाई सम्पन्न हुने गरि काम अघि बढाउन सरोकारवालासँग समन्वय र पहल गरिरहेको बताउनुभयो । प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर विश्वकर्माले गर्नुभएको थियो ।



S.K. Creative Media Group