अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क- १ वडा कमिटीको दोस्रो वडा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले लेखनाथ भण्डारीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटीको सर्वसम्मत चयन गरेको छ ।
निर्वाचित अध्यक्ष भण्डारी यस अघि सचिव हुनुहुन्थ्यो । विद्यार्थीकाल देखि राजनीति गर्दै आउनु भएका उहाँ सफल व्यवसायी समेत हुनुहुन्छ ।
अधिवेशनले उपाध्यक्षमा शकुन्तला भुसाल अधिकारी,सचिब दिनामणी पराजुली र उपसचिब द्वयमा सुरज क्षेत्री र कमला पौडेललाई निर्वाचित गरेको छ ।
यसैगरी सदस्यमा टानप्रसाद भुसाल,मधु रायमाझी,ऋषिकेश भट्टराई,भुपेन्द्र कुमाल,घनश्याम भुसाल,लक्ष्मी परियार,सीता नेपाली,कमल अधिकारी,बीरबहादुर जि.एम.,गंगा मुखिया,सीमा भुसाल,मित्रलाल कुवर,टिकाराम खनाल,तिलक पराजुली,गोपाल श्रेष्ठ रहनुभएको छ ।
अधिवेसनको उद्घाटन गर्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष शम्भुप्रसाद पोख्रेलले जनताको रोजाईको पहिलो पार्टी नेकपा एमाले भएको बताउनु भएको छ । उहाँले जनतामा नेकपा एमाले प्रतिको विश्वास थप सुदृढ भएको भन्दै आगामी निर्वाचनमा कुनै तागतले हराउन नसक्ने वताउनुभयो ।
उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्ने सामर्थ्य केवल नेकपा एमाले सँग मात्र भएको बताउनु भयो । पोख्रेलले राष्ट्रिय स्वाधिनता,विकास र समृद्धि नेकपा एमाले बाट मात्र संभव भएकोले आगामी निर्वाचनमा एमालेलाई कम्तिमा एकल बहुमतको सरकार बनाउनेगरी जनताले जिताएर पठाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अरु पार्टीले २५/३० बर्षमा गर्न नसकेकोकाम नेकपा एमालेले २/४ बर्षमै पुरा गर्ने बताउनुभयो ।


S.K. Creative Media Group