प्युठान । प्युठानको सरुमारानी गाउँपालिकामा बृद्धबृद्धालाई घर आगनमै पुगेर स्वास्थ्य जाँच सेवा दिने निर्णय भएको छ। गाउँपालिका भित्र रहेका जेष्ठ तथा अति अशक्त नागरिकको घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच सेवा दिन लागिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले वडा स्तरमा रहेका स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमा गर्न लागेको उक्त सेवा मंसिर २४ गतेदेखि ३० गतेसम्म एक हप्ताको लागि संचालन गरिने गाउँपालिका अध्यक्ष झक बहादुर बिश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गर्ने अशक्त जेष्ठ नागरिकले यो सेवा पाउने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अनुसार जेष्ठ तथा अति अशक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमले सरुमारानीका सबै जेष्ठ तथा अति अशक्त नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने पालिकाले जनाएको छ। जनताको सहजताको लागि गाउँपालिकाले पनि यो कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

पालिकाका सबै वडाका घरमै पुगेर बिरामीको सुगर, प्रेसर, पीडितमा प्रोटिनको मात्रा, क्षयरोग, अन्य सरुवा रोग ब्लड प्रेसर, लगाएत सम्पुर्ण चेकजाँच गरिने सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभएको छ । उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने जेष्ठ नागरिक अति अशक्तले उपचार सेवाबाट राहत पुग्ने शाखा प्रमुख रायमाझीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय