रोल्पा रुन्टिगढी गाँउपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका भुपमणी पुन बिजयी हुनुभएको छ । कुल खसेको १२ सय ९७ मत मध्य ६ सय ४३ मत प्राप्त गरि कांग्रेसका भुपमणी पुन बिजयी भएको मुख्य निर्वाचन अधिकृत बिनोद खटिवडाले बताउनु भएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत प्राप्त गर्नुभयो ।  नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेशजंग सिंहले ७० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले ७ मत पाएको मुख्य निर्वाचन अधिकृत खटिवडाले बताउनु भएको छ ।

जम्मा १ हजार ९ सय मत मध्य १ हजार २ सय ९७ मत खसेको थियोे । जसमा २१ मत बदर भएको छ ।

वडा अध्यक्ष टंक बहादुर पुनको स्क्रब टाइफसका कारण २०८० असार २७ गते अस्पतालमा निधन भएको थियो । पुन नेपाली कांग्रेसबाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय