दैलेख । मंसिर १६ गते भएको उपनिर्वाचनमा दैलेखको महाबु गाउँपालिका र दुल्लु नगरपालिका वडा नम्बर १३मा एमालेले बाजी मारेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। उनले ३१२७ मत प्राप्त गरेका छन्। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले २६७५ मत प्राप्त गर्नुभयो। उहाँहरूबीच ४५२ मतको अन्तर रह्यो।

जंगबहादुर शाही यसअघि २०७४ मा पनि एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए। २०५४ मा काँशीकाँध गाविसको उपाध्यक्ष भएका उनी २०७८ मा नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका थिए। तर, स्थानीय तह उपनिर्वाचनअघि कात्तिक अन्तिम साता पुनः एमालेमा फर्किएर उम्मेदवार बनेका थिए।

सोमबार सकिएको मतगणनामा नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८४२ मत प्राप्त गर्नुभयो । रास्वपाका प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ३१, र नेकपा एकीकृत समाजवादीका जगत हमालले ४ मत प्राप्त भएको छ। पछिल्ला चार उम्मेदवारको धरौटी जफत भएको छ। महाँबुमा १३० मद बदर भएका छन् । १२ हजार ६ सय १४ मदतदाता भएपनी ६ हजार ८ सय ८९ मत खसेको थियो । याे तथ्याङ्कले ५ हजार ७ सय २५ जनाले मतदान गरेका छैनन् ।

यता दुल्लु नगरपालिका वडा नं‍. १३ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार बाजी मारेका छन् । एमालेको तर्फबाट उम्मेदवार बनेका लालबहादुर शाहीले नेपाली कांग्रेसका शेरबहादुर शाहीलाई पराजित गरेका हुन् । एमालेका शाहीले ५७४ मत प्राप्त गर्दा कांग्रेसका शाहीले ५७१ मत प्राप्त गर्नुभयो ।

आइतबार भएको उपचुनावमा सहभागी भएका अन्य दल मध्यमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले ५३ मत नेपाल मजदुर किसान पार्टीले चार मत, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले ५३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १३ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय