प्यूठान । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस समावेशि तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्त्तिहरूको प्रवल नेतृत्व यसको आधार भन्ने नारा साथ जिल्लाका विभिन्न स्थानीय तहमा मनाइएको छ। मल्लरानी गाउँपालिका र गौमुखी गाउँपालिकामा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना तथा मल्लरानी गाउँपालिका ४ नम्वर वडा कार्यालयको सहयोगमा जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा अन्र्तक्रिया गरिएको छ । त्यसैगरी अपांगता भएका व्यक्तिलाई सहयोग सामाग्री वितरण गरिएको थियो ।

यस्तै गौमुखी अपांग सेवा संघ ठूलावेशीको आयोजना तथा गौमुखी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लुम्बिनी प्रदेश सचिवालय सदस्य जुमान सिंह केसीले अपाङ्गता भएका ब्यक्ति अझैपनि समाजको मुलधारमा आउन नसकेको बताउनुभयो । उहाँले राज्यले प्रदान गर्ने सेवा सुबिधा अधिकार सहज रुपमा उपभोग गर्न नसकेको र अझै पनि गाउँसमाजमा अपमान र अपशब्द भोग्नुपरेको बताउनुभयो ।

अपाङ्गता भएका ब्यक्तिको अधिकार ऐन २०७५ र नियमावली रहेको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा समस्या भएको अपाङ्गता भएका ब्यक्तिले गुनासो गरेका छ्न । साथै अपाङ्गता मैत्री संरचना, सोच र ब्यवहार पनि सकारात्मक नहुँदा समस्या भएको उनिहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय