देउखुरी । दाङको राप्ती गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा रहेका हाेटलहरुकाे गाउँपालिकाले अनुगमन गरिएको छ। मंगलबार राप्ती गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरकाे संयुक्त टाेलीले राप्ती गाउँपालिका वडा नम्बर १ काे भालुबाङ देखि वडा नम्बर ५ काे पहड्वासम्म रहेका आधा दर्जन बढी हाेटलहरुकाे रात्रीकालिन छड्के अनुगमन गरेको हो ।

अनुगमनको क्रममा होटलहरूको सरसफाइ, खाद्य वस्तुको म्याद, गुणस्तर, भण्डारण, मूल्य सुची, दर्ता नवीकरणकाे अवस्था लगायतको बारेमा अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। विशेषगरी उपभोक्ताहरुकाे स्वास्थ्यकाे ख्याल गर्दै लामाे यात्राका यात्रुहरूले खाना खाने हाेटलहरुकाे अनुगमन गरिएको राप्ती गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा सरसफाइ तथा अन्य कमीकमजोरी देखिएका हाेटलका सञ्चालकहरुलाई तत्काल सुधार गर्नका सुझाव दिएको कार्यालय प्रमुख पदम बरालले बताउनुभयो ।उपभोक्ताहरूलाई सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न दिइएको निर्देशन तत्काल कार्यान्वयन गर्न बरालले हाेटलका सञ्चालकहरुलाई अनुरोध गर्नुभयो । उहाँले अन्यथा कानुन अनुसार कार्वाही हुने समेत जानकारी दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वकाे अनुगमन टोलीमा पालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बराल, खाद्य निरीक्षकहरु सुदर्शन गाेसाई, विवेक कुमार सुवेदी इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चाैेकी मसुरियाका प्रहरी टोली र स्थानीयको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय