प्यूठान । गौमुखी गाउँपालिकाले मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरुको लागि लक्ष्यित गरेर नि:शुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर गरिएको छ। बिहीवार एकदिन गौमुखी गाउँपालिका-४, स्थित पुजा स्वास्थ्य चौकी लिवासेमा नि:शुल्क बिशेषज्ञ सहितको मानसिक स्वास्थ्य शिविरमा ९८ जना बिरामीले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम अन्तर्गत संञ्चालन गरिएको शिविरमा स्थानीय ९८ जना मानसिक रोगिका बिरामीले नि;शुल्क उपचार तथा परामर्श सेवा लिएको गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले बताउनुभयो । उहाँका अनुसार उपचार गराउन शिविरमा आउनु भएका बिरामीलाई चिकित्सकको सल्लाह अनुसारको औषधी समेत नि:शुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो । चालु अर्थिक वर्षमा विनियोजित बजेटबाट ३ वटा नि:शुल्क मानसिक स्वास्थ्य शिविर संचालन गर्ने लक्ष रहेकोमा पहिलो चरणमा बिहीवार यो शिबिर संञ्चालन गरिएको जैसीले बताउनुभयो।

समयमै उपचार पाउँदा मानसिक रोग निको भयो

शिविरमा उपचार गराउन आउनुभएकी गौमुखी-५ कि सावित्रा केसीलाई समय समयमा निद्रा नलाग्ने, एकान्त बस्न मन लाग्ने, एककोहोरो बनाउने, टाउको बढी दुख्ने समस्याले निकै सताएको बताउनुभयो । आफुलाई यस्तो समस्याले सताएपछी चिन्तित हुनुभएकी केसीले गतवर्ष देखि पालिकाले चलाएको नि:शुल्क स्वास्थ्य शिविरमा उपचार सेवा पाएपछि समस्या घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै उपचार पाय निको हुँदो रहेछ।” अहिले गाउँमै डाक्टर आउनुहुन्छ राम्रो उपचार गर्नुहुन्छ, सल्लाह सुझाव परामर्श र औषधि समेत दिएर पठाउनुहुन्छ उहाँले भन्नुभयो ।

त्यस्तै गौमुखी-४, बस्ने रिमा बिकले आफुलाई ३-४ वर्षदेखी मानसिक समस्याको कारण टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने र घरमा बस्न मन नलाग्ने समस्याले निकै सताएको बताउनुभयो । उहाँ कहिलेकाही बाटोघाटोमै रात गुझारेको समेत कुरा सुनाउदै भन्नुभयो पछिल्लो समय उपचार र नियमित औषधि सेवनबाट आफुलाई मानसिक समस्याबाट केही राहत मिलेको बताउनुभयो।

मानसिक रोगबाट पीडित गौमुखी-७ नारिकोटकी पार्वती बिकले आफ्नो समस्या सुनाउदै मानसिक रुपमा धेरै समस्या भोगेको बताउनुभयो । कसैको कुरा सुन्न मन नलाग्ने, बोल्न मन लाग्ने, मनमा नकारात्मक कुरा बढि आउने, मनमा निरासा मात्र आउने समस्याले ग्रसित भएको बताउनुभयो । अहिले आफ्नै गाउँघरमा उपचार पायौं, औषधि र डाक्टरको परामर्श पायौं, डाक्टरको परामर्श अनुसार नियमित औषधि सेवनले समस्या अहिले हटेको बताउनुभयो। समयमै उपचार पाउदा यो रोग निको हुदोरहेछ उहाँले भन्नुभयो ।

पालिकका स्थानीय जनताको आवश्यकता र माग अनुसार नै यो शिबिर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनुभयो । यो नि:शुल्क शिविरबाट बिपन्न, गरिब, आर्थिक अभावले उपचारको लागि वाहिर जान नसक्ने बिरामीलाई ठूलो राहत मिलेको उहाँले बताउनुभयो ।

आर्थिक रुपमा कमजोर, बिपन्न तथा अस्पतालको पहुँचसम्म जाननस्क्ने बिरामीको लागि मध्यनजर गरि यो शिविर गरिएको पालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो। पछिल्लो समय मानसिक रोगिको संख्या गाउँमा बढ्दो छ, उहाँले भन्नुभयो, “त्यसैलाई लक्ष्यित गरि शिविर चलाएका छौं ।” शिविरमा धेरै बिरामिले लाभ लिनुभएको उहाँले बताउनुभयो । पालिकामा मानसिक रोगिको संख्यामा वृद्धि हुँदै गएकोले रोग निराकरणका लागि शिविर गरिएको उहाँको भनाइ छ।

सो शिविरमा जिल्ला अस्पताल प्युठानका मानसिक तथा मनरोग विशेषज्ञ डा.आभास योगी, मेडिकल अधिकृत नवीन पोख्रेल लगायतको टिमले बिरामीको चेकजाँच औषधि उपचार गर्नुभएको थियो ।

बिरामीलाई चिकित्सकको सल्लाह अनुसार निशुल्क औसधि समेत वितरण गरिएको स्वास्थ्य शाखाका जनस्वस्थ निरीक्षक केशव बहादुर केसीले जनाकारी दिनुभयो । दुर्गमका स्थानीयले गाउँघरमै उपचार सेवा र औषधि पाउँदा मानसिक समस्या भएका बिरामीहरु खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय