हेटौँडा । मकवानपुरको हेटौँडामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिएर एकजनाको मृत्यु भएको छ।
शुक्रबार जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१२ की मोटरसाइकलको पछाडि सवार ३२ वर्षीय निशा कुमारीको बसको ठक्करबाट मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेकी निशा कुमारीको उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । निशाको बिहान करिब ११ः३३ बजे उपचारको क्रममा हेटौँडा अस्पताल ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्लाको हेटौँडा-१५, स्थित रातोमाटेको पूर्व–पश्चिम राजमार्गमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ख ९५२० नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको ना.५३प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलचालक सोही स्थानका ४३ वर्षीय रोशनकुमार रायको दुर्घटनामा परी बायाँ खुट्टामा चोट लागेको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले स्रोतले बताएको छ।
मृतक र घाइते श्रीमान श्रीमती हुनुहुन्छ। ठक्कर दिने बस, बसका चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटना बारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।