माधव खनाल
अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको अध्यक्षमा गणेश खनाल निर्वाचित हुनुभएको छ । निर्वाचनमा अध्यक्षका उम्मेदवार खनालले ३३ मत प्राप्त गरेर बिजयी हुनुभएको हो ।

प्रतिस्पर्धी अशोक खनालले १४ मत पाउनुभयो । ५७ मतदाता मध्ये ४७ मत खसेको थियो । समितिको उपाध्यक्ष रुद्रमणी भुसाल, उपाध्यक्ष अम्बिका श्रेष्ठ , सचिव लक्ष्मण घिमिरे , सहसचिव घनश्याम पौडेल, बसन्त श्रेष्ठ, कोषाध्यक्ष नवीन केसी निर्वाचित हुनुभएको छ । सदस्यमा कमला पोख्रेल, सागर परियार मधु कुमार श्रेष्ठ, अमृत श्रेष्ठ, नवीन पन्थी ,नारायण पोख्रेल,बिष्नु खनाल र सागर महत बिजयी हुनुभएको छ ।

निर्वाचित कार्यसमितिलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बधाई दिदै प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय