झिमरुक । झिमरुक गाउँपालिकामा भ्रष्टाचार विरुद्ध स्वतन्त्र नागरिक मन्च प्यूठानको टोलिले भ्रस्टाचार न्यूनीकरण सम्बन्धि छलफल चलाएको छ ।

संयोजक कर्णध्वज के.सी.ले भ्रष्टाचारको ब्याप्त अबस्थालाई न्यूनीकरण गर्नका लागि सबै जनता एक जुट भयर भ्रष्टाचारको बिरोध एबम न्यूनीकरण गर्नका लागि लाग्नु पर्ने बताउनुभयो । भ्रष्टाचार विरुद्ध स्वतन्त्र नागरिक मन्च प्यूठानको तीन महिने परिचायात्मक अभियानको क्रममा आज झिमरुक गाउँपालिका मा परिचयत्मक कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।

अन्तरकृया कार्यक्रममा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले भ्रष्टाचार विरुद्धको अभियानलाई सार्थकता दिन प्रत्येक ब्यक्ति आफै भ्रष्टाचार गर्दिन भन्ने सोच बाट प्रेरित हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय