प्यूठान । झिमरुक गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको छ । यहि पौष ८ र ९ गते झिमरुक गाउँपालिका-६ मर्कावाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले आफ्नो स्थापनाको ४९ औं वर्ष पूरा गरि ५० औं बर्ष प्रवेशको अवसरमा विविध कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाउन लागेको हो ।

स्वर्ण महोत्सवले बिद्यालयको शैक्षिक, भौतिक सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्वर्ण महोत्सवको पुर्व सन्ध्यामा बिद्यालयले खेलकुद, हाजिरीजवाफ, बक्तित्वकला, साहित्य सृजना, नाच नृत्य लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरु गराउदै आएको बिद्यालयलले जनाएको छ। स्वर्ण महोत्सवमा स्मारिका प्रकाशनको काम अन्तिम चरणमा पुगेको प्रधानाध्यापक बिनोद पोख्रेलले जानकारी दिनुभयो । बिद्यालयको आर्थिक सुधारको लागि सहयोग दाताहरुबाट आर्थिक संकलनको कार्य भैरहेको छ। प्रधानाध्यापक पोख्रेलले भन्नुभयो, “स्वर्ण महोत्सवमा सहयोग दाताहरुबाट उठेको सहयोग रकमको सहि सदुपयोग गर्दै शैक्षिक सुधारको क्षेत्रलाइ प्राथमिक दिएर सोही क्षेत्रमा लगाउछौ।”

स्थानीयलेले दान चन्दा र मानोपाथी उठाएर स्थापन गरेको बिद्यालयले हालसम्म कक्षा १० सम्म पठनपाठन गराउदै आएको छ । आर्थिक अवस्था अलि कमजोर भएको यस बिद्यालयलाई पछिल्लो समय स्थानीय सरकारले केही सहयोग गर्दै आएको छ । अहिले पनि बिद्यालयमा खेलमैदान, पर्याप्त कक्षा कोठा, डेस्क बेन्च, दरबन्दी अनुसारको शिक्षक अभाव रहेको स्थानीय लोक बहादुर नगरकोटीले बताउनुभयो । यसको परिपुर्तिको लागि स्थानीय सरकारलाई अनुरोध गरेका छौँ ।

बिद्यालयको चौतर्फी बिकासको लागि सधैंभरी जनताको साथमा रहेको वडा अध्यक्ष धन बहादुर पुनले बताउनुभयो । दलित, र जनजातिको अलि वाहुल्यता रहेको यस भेगका बालबालिका करिब २ घण्टाको दुरी पार गरि मच्छी र चिसावाङ्ग पुगेर अध्यन गर्नुपर्ने बाध्यता यहाँ बिद्यालय खुलेपछी हटेको उहाँले बताउनुभयो । निश्चित शिक्षक र धेरै भौतिक पुर्वाधारको उचित प्रगोग गर्दै शैक्षिक सुधार गर्दै आएको बताउनुभयो । यस बिद्यालयको थप सुधारको लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

स्वर्ण महोत्सवको सबै तयारीका काम करिबकरिब अन्तिम चरणमा रहेको बिद्यालय प्रशासनले जनाएको छ । स्वर्ण महोत्सवलाई सफल थप व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरि जिम्मेवारी दिएको बिद्यालय जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय