प्यूठान । प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरुद्ध जिल्लाभर हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । यो अभियान देशभर चलिरहेको बेला प्यूठानमा पनि सुरु गर्न थालिएको हो । शुक्रबार बिजुवार स्थित मित्रमणी चोकबाट संयुक्त रुपमा अपिल गर्दै हस्ताक्षर अभियानको शुरुवात गरिएको छ ।

जिल्लाका नौवटै पालिकामा संयुक्त हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका नेता बोम बहादुर खत्री जानकारी दिनुभयो । प्यूठान नगरपालिकाका विजुवार, बाग्दुला र जुम्री र अन्य पालिकामा भने पालिका केन्द्रमा अभियान सञ्चालनका लागि अभियानमा सम्वद्ध पार्टीलाई जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका नेता बोम बहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरिएको हो । अभियानमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका आठ राजनिकि दलहरुले जिल्लामा हस्ताक्षर संकलन अभियान शुरु गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय