प्यूठान । नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलन आजबाट सुरु गर्दैछ । आज पौष ६ गते सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका सम्मेलनको उद्धघाटन गर्ने नेपाली कांग्रेस प्यूठानका सभापति बिष्णु कुमार गिरीले जानकारी दिनुभयो । सबै पालिका वडा तहसम्मका पार्टीको सम्मेलन गर्ने गरि मिति तय गरेको नेपाली कांग्रेस प्यूठानका सभापति गिरीले जानकारी दिनुभयो ।

पालिका सम्मेलन पौष ६ गतेदेखि पौष १६ गते सम्म सम्मेलन सक्ने गरि निर्णय भएको नेपाली कांग्रेस पार्टीले जनाएको छ । समेलनमा पार्टी निकट सबै भातृ तथा सुवेच्छुक संगठनको ईकाइ गठन गरि आवश्यक प्रशिक्षण समेत गरिने नेपाली कांग्रेस प्यूठानका सभापति गिरीले जानकारी दिनुभयो ।

जस अनुसार सरुमारानी गाउँपालिकामा पौष ६ गते, माण्डबी गाउँपालिका पौष ७ गते, स्वर्गद्वारी नगरपालिका पौष ८ गते, प्युठान नगरपालिका पौष ९ गते, मल्लरानी गाउँपालिका पौष १० गते, ऎरावती गाउँपालिका १२ गते, झिमरुक गाउँपालिका पौष १३ गते, गौमुखी गाउँपालिका पौष १४ गते र नौबहिनी गाउँपालिकामा पौष १५ गते गर्ने मिति तय गरिएको काग्रेस जिल्ला पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय