प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर ५ स्थित ढुंगेठाटीमा संचालन भएको नि:शुल्क स्वास्थ्य शिबिरबाट स्थानीय लाभान्वित भएका छन । म अभियानले शनिबार वडा कार्यालयमा शिबिर संचालन गरेको हो ।
शिबिरमा बिरामीको जाच डाक्टर सन्तोष के.सी. र डाक्टर पौडेश शर्माले गर्नुभएको थियो । बिभिन्न औषधि ब्यबसायीको सहयोगमा नि:शुल्क औषधि समेत बितरण गरिएको सुमन सुबेदीले जानकारी दिनुभयो ।
शिबिर संचालन गर्न वडा कार्यालय, स्वास्थ्य कार्यालय प्यूठान,
प्युठान प्लस, नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठान, नागरिक सरोकार समाज प्यूठानले सहकार्य गरेका थिए ।



S.K. Creative Media Group