प्यूठान । जिल्लामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ऐरावती गाउँपालिका-५ बालिबिसौनामा ढुङ्गा बोकेको रा १ त ४४४५ नम्बरको ट्याक्टर दुर्घटनामा ऐरावती गाउँपालिका-२ का २७ वर्षीय बिजय नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
ढुङ्गा लोड गरी मल्लरानी गाउँपालिका-३ चौरपानीतर्फ जादै गरेको ट्याक्टर दुर्घटनामा घाइते नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारामा ज्यान गएको प्रहरी निरीक्षक निरन्जन रिजालले बताउनुभयो ।
दुर्घटनामा परि ऐरावती गाउँपालिका-२ का ट्याक्टर चालक २३ वर्षीय शान्त बहादुर रावत घाइते हुनुभएको छ । ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खसेको छ ।



S.K. Creative Media Group