प्यूठान । माण्डवी गाउँपालिका वडा नम्वर ३ ले विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीहरुको समस्या पहिचान गर्दै समाधान सहित गुणस्तरीय शिक्षा वृद्धिका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।
मंगलबार कृष्ण आधारभुत विद्यालय र माण्डवी माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले बताउनुभयो । कार्यक्रममा गुणस्तरीय शिक्षा वृद्धि गर्ने उपायका विषयमा सरोकारवालाबीच छलफल भएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख तुल्सी कार्की, स्वास्थ्य शाखा प्रमुख धुर्व कुमार पोख्रेलले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम अन्र्तगत वडा अध्यक्ष कार्कीले व्यक्तिगत लगानीमा दुई वटा विद्यालयका २९ जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । आधारभुत विद्यालयका १२ र माध्यमिक विद्यालयका १७ जना विपन्न र अभिभावक विहिन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।






S.K. Creative Media Group