कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन विद्या केन्द्र गुरुकुल शिक्षालाई प्रदेश सरकारले प्राथमिकितामा राख्ने बताउनु भएको छ । शिवराज नगरपालिका–४ कपिलवस्तुमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले संस्कृत गुरुकुल पाठशालाहरुको स्तरोन्नतीकालागि प्रदेश सरकारले ध्यान दिने बताउनु भएको हो ।
‘प्रदेश भित्र रहेका प्राचिन विद्या केन्द्रहरुको अध्ययन गरेर यसको स्तरोन्नतीकालागि सरकाले योजना बनाउछ’ उहाँले भन्नुभयो, ‘यहाँ पढाइहुने बिषयलाई थप गर्दै विद्यार्थीको आकर्षण बढाउन पनि ध्यान दिनुपर्ने छ ।’ कपिलस्तुको खरेन्द्रपुरमा कक्षा ७ सम्म गुरुकुल शिक्षा प्रदान हुदै आएको छ । माथिल्लो कक्षाकालागि स्वर्गद्वारी पठाउने गरिएको छ ।
मुख्यमन्त्री आचार्यसंग खरेन्द्रपुरमा बहुउपयोगी धर्मशाला र छात्राबास निर्माणकोलागि आग्रह गरिएको छ ।‘यहाँ भौतिक सुधारमै लगानी गर्नुपर्ने आवश्यकता छ । यसमा प्रदेश सरकारको साथ पाउछौं भन्ने आशा छ’पाठशालामा कार्यरत चुडामणी पोख्रेलले भन्नुभयो, ‘बहुउपयोगी धर्मशाला र छात्राबास यहाँको आवश्यकता हो । सरकारले यसमा ध्यान दिनुपर्ने छ ।’ प्रदेश सरकारले चालु आर्थिक बर्षमा भौतिक सुधारकालागि दश लाख बजेट विनियोजन गरेको छ ।



S.K. Creative Media Group