घोराही । घोराही उपमहानगरपालिकामा बालबालिकाको पोषणको अबस्थाका बारेमा लेखाजोखा थालिएको छ । ६ देखि ५९ महिनाका बालबालिकाको पोषणको अबस्थाको लेखाजोखा थालिएको हो ।
घोराही उपमहानगरपालिका, बेस र हेलन केलरको सहकार्यमा बालबालिकाको पोषण के कस्तो छ भन्ने बारेमा लेखाजोखाको सुभारम्भ गरिएको हो । जस अनुसार वडा नम्बर १ बाट पोषणको अबस्था जाँच सुरुभएको छ । वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख हुमाकुमारी डिसीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरि लेखाजोखाको सुभारम्भ गरिएको हो ।
पोषण मार्फत जीवन रुपान्तरण कार्यक्रम मार्फत घोराही उपमहानगरपालिकाले बेस र हेलन केयर सँगको सहकार्यमा बालबालिकालाई स्वस्थ राख्न पोषण कार्यक्रम सञ्चालित छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले बालबालिकाको स्वास्थ्य मै भोलिको दक्ष र योग्य जनशक्ति भरपर्ने बताउनुभयो ।
बालबालिकाको स्वास्थ्य स्वस्थ हुनु नै भविष्यको मानविय जनशक्तिको आधार तयार हुने कुरामा उहाँको जोड छ । त्यसका लागि परिवारले गर्भ अबस्थाबाटै आमा र बच्चाको स्वास्थ्यमा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । बच्चाहरुलाई आमा दुध तोकिएको समय सम्म चुसाउने, आमाले पोषिलो खाना खाने, नियमित स्वास्थ्य जाँच गर्ने, स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम बच्चालाई भिटामिनहरु खुवाउने, पूर्ण खोप दिने जस्ता कुराहरुलाई परिवारले ध्यान दिनुपर्ने सुझाब दिनुभयो ।
त्यसैगरी उपप्रमुख हुमाकुमारी डिसीले बालबालिकामा लगानी बढाउन आबस्यक रहेको बताउनुभयो । विषेश गरी शारिरीक, मानसिकरुपमा स्वस्थता राख्नका लागि खानपान, स्वास्थ्यजाँचमा परिवारले ख्याल गर्नुपर्ने बताउनुभयो । जनस्वास्थ्य प्रबद्धन शाखाका प्रमुख राधा पौडेलले नगरका सबै बालबालिकाको पोषण अबस्था बुझ्न पोषण मार्फत जीवन रुपान्तरण कायत्र्रmम सञ्चालन भएको जानकारी दिनुभयो ।
नगरका सबै वडाका सबै टोल टोलमा स्वास्थ्यकर्मीहरु पुगेर बच्चाको पोषणका बारेमा लेखाजोखा गरिने बताउनुभयो । १६ हजार ४ सयको हाराहारीमा नगरभरी ६ महिना देखि ५९ महिना उमेरका बालबालिका रहेको तथ्यांक छ । कार्यक्रममा हेलन केयरका अनिल केसीले बालबालिकाको पोषण के कस्तो छ भन्ने थाहा पाउने र बच्चालाई कुपोषित हुनबाट बचाउन यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
बालबालिकाको पाखुँराको नापो लिएर पोषणको अबस्था जानकारी हुने र सोही आधारमा स्वास्थ्यकर्मीहरुले सुझाब र परामर्श दिने कार्यक्रम छ । कार्यक्रमको सहजिकरण वडा नम्बर १ स्थित शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज बालाराम रोकाले गर्नुभएको थियो ।



S.K. Creative Media Group