प्यूठान । नेकपा (एमाले) मल्लरानी गाउँकमिटी अन्र्तगत ४ नम्वर वडा कमिटीको दोस्रो अधिवेशनले रामप्रसाद श्रेष्ठको नेतृत्वमा कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्ष नेवन्व सिंह, सचिव विवेक जिसी र उपसचिव कालिका केसी र हरि जिसी रहनुभएको छ ।
वडा अधिवेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले एमालेलाई थप बलियो र मजवुद संगठनको रुपमा क्रियाशिल बनाउन आग्रह गर्नुभयो । उहाँले पार्टी अनुशासनमा रहदै संगठनका गतिविधि नियमित रुपमा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) का जिल्ला अध्यक्ष विजय विराज विष्ट, प्रदेश कमिटी सदस्य दिपा पौडेल, उप सविच इश्वरा आचार्य, जिल्ला सचिवालय सदस्य पशुपती नारायण नकर्मी, जिल्ला सदस्य सन्देश आचार्य लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।



S.K. Creative Media Group