प्यूठान । प्यूठानमा मोटरसाइकल र म्याजिक गाडी एकआपसमा ठोक्किएर दुई जना घाइते भएका छन् । आइतबार प्युठान नगरपालिका-७ गाँजुरी सहिद पार्क नजिकै मोटरसाइकल र म्याजिक गाडी ठोक्किएर दुर्घटना हुँदा प्युठान नगरपालिका ४ का मोटरसाइकल चालक ३७ बर्षिया बिनोद नेपाली र उहाँकी श्रीमती रेखा नेपाली घाइते भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक बिनोद नेपाली गम्भीर घाइते भएको र उहाँको श्रीमती रेखा नेपाली भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्यूठान बाग्दुलाबाट बिजुवार जादै गरेको लु ७६ प ५४०४ नम्बरको मोटरसाइकल र यात्रु लिएर बिजुवारबाट बाग्दुला तर्फ आउदै गरेको लु १ ज ४००३ नम्बरको म्याजिक एकाअपसमा ठोक्किएर दुर्घटना भएको प्यूठान प्रहरीले जनाएको छ ।
गम्भीर घाइते बिनोद नेपालीको जिल्ला अस्पताल बिजुवारमा उपचार सम्भब नभएपछी थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरी जनाएको छ । म्याजिक र चालकलाइ प्रहरीले नियन्त्रण लिएको छ । दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।



S.K. Creative Media Group